एनएमबि बैंकको ‘एनएमबि सजिलो क्यूआर कर्जा’ सुरु

आइतबार, वैशाख ३, २०८०

काठमाडौं–एनएमबि बैंकले नयाँ वर्ष २०८० को उपलक्ष्यमा ‘एनएमबि सजिलो क्यूआर कर्जा’को सुरुआत गरेको छ । डिजिटल नेपालको अवधारणालाई आत्मसात् गर्दै बैंकले आन्तरिक प्रविधिको विकास गरेको हो । सोअनुसार बैंकको क्यूआर प्रणालीमा आबद्ध हुन सकिनेछ ।

साना, मझौला तथा घरेलु उद्यमको आकस्मिक वित्तीय आवश्यकतालाई ध्यानमा राखी दुई लाख रुपैयाँसम्मको एनएमबि सजिलो क्यूआर कर्जा प्रदान गरिने बताइएको छ ।

अर्थतन्त्रमा वास्तविक रूपले विद्युतीय कर्जा प्रणालीको विस्तार गर्ने, कर्जा प्रक्रियालाई सरलीकृत गर्ने र कर्जाको लागत कम गर्ने उद्देश्यका साथ एनएमबि सजिलो क्यूआर कर्जा सुरु गरिएको बताइएको छ ।

एनएमबि बैंकले हाल २०१ शाखा, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्