नेभिगेशन
समाज विविध

कैलालीमा कोरोना संक्रमितको मृत्यु

धनगढी - कैलालीमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । 

धनगढी स्थित सेती  प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरकी एक जना वृद्ध  महिलाको कोरोना संक्रमणका कारण मृत्युु  भएको  अस्पतालले जनाएको छ । 

अस्पतालका बरिष्ट जनरल फिजिसियन डा. शेरबहादुर कमरका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो ।

चैत २६ गते कारोना संक्रमण पुष्टि भएकी ती महिलालई आईसियुमा राखिएको थियो ।
उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध