तस्बिर कथामा ओशो महोत्सव

शुक्रबार, वैशाख १, २०८०

काठमाडौँ-टुँडिखेलमा नयाँ वर्षको अवसरमा शुक्रबारदेखि ओशो तपोवनले ओशो महोत्सवको आयोजना गरेको छ । महोत्सवको उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर् ।

महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र सांस्कृतिक व्यक्ति सहभागिभएको महोत्सवका संयोजक सोविता सिम्खडाले जानकारी दिइन् ।

महोत्सवमा सङ्गीत, ध्यान, साधना र अध्ययन भएको छ । महोत्सवमा ध्यान, मेडिटेसन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेडिटेसन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायत कार्यक्रम सञ्चालन गरिएको छ ।

५० हजार बढी व्यक्तिले एकसाथ ध्यान र उत्सव गर्ने आयोजकको भनाइ छ । 

महोत्सव सहभागि हुन मरुन रङको कपडा अनिवार्य गरिएको छ । ड्रेसको आफैँले व्यवस्था गर्नुपर्ने भन्दै महोत्सवमा राखिएका स्टलबाट उक्त ड्रेस रू पाँच सय वा सोभन्दा बढीमा समेत किन्न सकिने महोत्सवका संयोजक सिम्खडाले जानकारी दिइन् ।

osho1681484372.jpg

osho11681484360.jpg

osho31681484347.jpg

osho51681484331.jpg

osho41681484307.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  २०:३८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार
थप समाचार
१ वैशाखमा ओशो महोत्सव
शुक्रबार, वैशाख १, २०८०