नेभिगेशन
अर्थ विविध

अञ्जन श्रेष्ठ बने एफएनसिसिआईको वरिष्ठ उपाध्यक्ष

काठमाडौँ– व्यवसायी अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघ (एफनसिसिआई) को वरिष्ठ उपाध्यक्ष बनेका छन् । अर्का प्रत्यासी उमेशलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि अञ्जन वरिष्ठ उपाध्यक्ष बनेका हुन् ।

हिजो भएको मतदानमा तीन जना उम्मेदवार वरिष्ठ उपाध्यक्षको पत्यासी थिए । त्यसरी प्रत्यासी बनेकामा उमेश, अन्जनसँगै रामचन्द्र संघई पनि थिए । 

एफएनसिसिआईको विधानमा वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनेको लागि कम्तिमा पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्छ । सोभन्दा कम मत आएमा बढी मत ल्याउने २ जना प्रतिस्पर्धीबीच पुनः निर्वाचन हुन्छ ।

हिजोको मतदानमा बढी मत ल्याउने अन्जन र उमेशबीच दोस्रो चरणको मतदान हुने तयारी भइरहेको थियो । र, सँगै सर्वसम्मत उम्मेदवार चयन गर्ने पहल पनि भइरहेको थियो । यही पहलले सार्थकता पाएपछि उमेशले अञ्जनलाई छोडेका हुन् । अबको तीन वर्षपछि अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको स्वतः अध्यक्ष बन्नेछन् । किनभने महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध