बालेनले सरकारलाई भने–सिंहदरबार अरु पालिकामा सार्नुस्

बिहीबार, चैत ३०, २०७९

काठमाडौं –काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले काठमाडौंका हितमा काम गर्न सरकारलाई आग्रह गरेका छन् । काठमाडौंको हितमा काम गर्न नसक्ने भए सिंहदरबार अरु पालिकामा सार्न उनले सरकारलाई चेतावनी दिएका छन् ।

‘कि काठमाडौंको हितमा काम गर्नुहोस, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस,’– उनले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन् ।

काठमाडौंवासीलाई सिंहदरबार र राजधानी सार्दा कुनै आपत्ति नहुनेसमेत उनले उल्लेख गरेका छन् । ‘आफूहरूका लागि राजनीति भन्दा पनि सम्पदा, संस्कृति, कला र सभ्यता महत्वपूर्ण भएको उनले फेसबुकमा भनेका छन् ।

केही समयदेखि बाघदरबार र सिंहदरबारबीच विवाद बढेको छ । काठमाडौं महानगरले सिंहदरबारसहित महत्वपूर्ण सरकारी कार्यालय र भिआईपीहरुको निवासमा फोहोर नउठाउने निर्णय गरेका छन् । 

balen1681370081.JPG

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १२:५७
प्रतिक्रिया दिनुहोस्