नयाँ स्टक एक्सचेन्ज र कमोडिटीको लाइसेन्स खुल्यो

बिहीबार, चैत ३०, २०७९

काठमाडौं–नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स खुलाएको छ ।

बोर्डले यसअघि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने नियमावली संशोधन गरेको थियो । तर, सर्वोच्च अदालतले रोक लगाएपछि लाइसेन्स दिने प्रक्रिया रोकिएको थियो ।

सर्वोच्चले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने बाटो खुलाएपछि बोर्डले इच्छुक कम्पनीलाई आवेदन दिन बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । सर्वोच्चले रोक लगाउनुअघि नै बोर्डले लाइसेन्स खुलाएको थियो । त्यो बेला सार्वजनिक सूचना जारी गरेको ३५ दिन भएको थियो ।

अहिले बोर्डले १० दिनभित्र आवेदन दिन आग्रह गरेको छ । स्टक ब्रोकरको हकमा भने पुरानो आवेदकबाट लाइसेन्स दिइने बोर्डले जनाएको छ ।


 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार