एफएनसिसिआईको एसोसिएटतर्फ उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी

बिहीबार, चैत ३०, २०७९

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)को एसोसिएटतर्फ उपाध्यक्ष पदमा ज्योत्स्ना श्रेष्ठ विजयी भएकी छिन् ।

आठ सय ४६ मत ल्याउँदै श्रेष्ठ एसोसिएट उपाध्यक्षमा चुनिएकी हुन्। उनका प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत ल्याएका छन् ।

विजयी श्रेष्ठ रामचन्द्र संघाई प्यानलकी उम्मेदवार हुन् भने आचार्य अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठको  संयुक्त उम्मेदवार हुन् । 

 एसोसिएटतर्फ १ हजार ७५० मतदाता थिए । 

यसको सदस्यतर्फ १९ जनाको नतिजा यसअघि नै आइसकेको छ । 

एफएनसिसिआईको नयाँ नेतृत्व चयनका लागि काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा बुधबार मतदान भएको थियो ।

निर्वाचनको मतगणनामा जारी छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ०८:५७
प्रतिक्रिया दिनुहोस्