यी हुन् एफएनसिसिआईको एसोसिएटतर्फ निर्वाचित हुने १९ उम्मेदवार

बिहीबार, चैत ३०, २०७९

काठमाडौँ–  नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)को नयाँ नेतृत्वका चयनका लागि एसोसिएटतर्फको मतगणना सकिएको छ ।

आज बिहान प्राप्त अन्तिम मतपरिणामअनुसार एसोसिएटतर्फ सबैभन्दा धेरै मत ल्याउने १९ जना सदस्य पदमा  निर्वाचित भएका हुन्। 

१९ पदका लागि २९ जनाको उम्मेदवारी परेको थियो ।

जसमा विजयी हुने उम्मेदवार यी हुन् ।

एसोसिएटतर्फ डा. रामशरण थपलिया १४४० मत, मनोज पौडेल १३७३ मत, आनन्द कुमार बगेरिया १३६४ मत, अम्बिकाप्रसाद पौडेल १३६३ मत, सुनिलनारायण श्रेष्ठ १३४२ मत र सुशील थापा १३२९ मतसहित विजयी भएका छन् ।

यस्तै, शैलेन्द्र गुरागाईं १३१५ मत, राजेशकुमार अग्रवाल १३१२ मत, हेमन्त गोल्छा १३०० मत, देशबन्धु बस्नेत १२८४ मत र अविनाश बोहोराले १२७५ मत पाएर जित हासिल गरेका छन् ।

यसैगरी, गोपाल खनाल १२६५ मत, उज्वलकुमार श्रेष्ठ ११९१ मत, प्रवलजङ्ग पाण्डे ११२८ मत, जुना माथेमा ९९१ मत, शक्तिकुमार बेगानी ९८८ मत, सन्दीपकुमार अग्रवाल ९२५ मत, ऋषि अग्रवाल ८८१ मत र मुकुन्दप्रसाद तिमल्सिना ८४२ मत ल्याएर विजयी भएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ०८:४५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार