वस्तुगत उपाध्यक्षमा ढकाल र जिल्ला नगर उपाध्यक्षमा वैद्य विजयी

बिहीबार, चैत ३०, २०७९

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई)को वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल र जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्य विजयी भएका छन् ।

ढकाल उमेशलाल श्रेष्ठको प्यानलबाट चुनावी मेदानमा गएका थिए ।

ढकालले मनिषलाल प्रधान र सुकुन्तलाल हिराचनलाई पछि पार्दै विजयी भएका हुन् ।

ढकालले ६१ मत पाउँदा प्रधानले ५२ र हिराचनले ७ मत मात्र पाएका छन् ।

यस्तै, एफएनसिसिआईको जिल्ला नगर उपाध्यक्षमा वैद्य विजयी भएका छन् ।
वैद्य रामचन्द्र संघाई समूहबाट उम्मेदवार थिए ।

उनले प्रतिस्पर्धी दिनेश श्रेष्ठ र अरुणराज सुमार्गीलाई हराएका हुन् ।

वैद्यले ४३ मत पाउँदा श्रेष्ठले ३४ र सुमार्गीले ३७ मत मात्र पाए । 
 

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ०७:००
प्रतिक्रिया दिनुहोस्