एमालेलाई संविधान विरोधी भन्न मिल्दैन : महासचिव पोखरेल

बुधबार, चैत २९, २०७९

काठमाडौं –नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान नै नमान्नेहरूसँग सहकार्य गर्नेहरूले एमालेलाई संविधान विरोधी भनेर प्रचार गर्ने काम गरिरहेको बताएका छन् ।
बुधबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पोखरेलले संसद विघटनलाई लिएर संविधान नमान्ने भन्दै हस्ताक्षर गर्नेहरूसँग सहकार्य गर्ने पार्टीहरूले एमालेलाई संविधान विरोधी भनेर प्रचार गर्ने काम गरिरहेको बताए ।
उनले क्रान्तिकारीका लागि संविधान अगाडि बढ्ने बाटो मात्रै भएको भन्दै संविधान बदल्न नमिल्ने चिज नभएको जिकिर गरे । उनले मुलुकलाई अघि बढाउन वाधा अवरोध सिर्जना भए संविधान बदल्न सकिने धारणा राखे ।
अहिले नेपालको राष्ट्रिय राजनीतिमा एमाले र कांग्रेस मात्रै मुख्य दल भएको जनताले प्रमाणीत गरेको अवस्थामा एमाले मात्रै समग्र बामपन्थीको मुख्य शक्ति भएको उनको भनाइ छ । पोखरेलले परमादेशबाट एमालेको सरकार हटाएपछि मुलुक अत्यन्तै अप्ठेरो अवस्थामा पुगेको र अदालतको विश्वश्नीयता पनि कम हुँदै गएको बताए । उनले आफ्नो सौदाबाजीको माध्यम अदालतलाई बनाउने नियत स्पष्ट देखिएको आरोप लगाए ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १४:३३
प्रतिक्रिया दिनुहोस्