निक्षेपको ब्याजदर एकल अंकमा झर्ने निर्णय

बुधबार, चैत २९, २०७९

काठमाडौं –नेपाल बैंकर्स संघले मुद्दती निक्षेपमा दिने ब्याजदरलाई एकल अंकमा राख्ने निर्णय गरेको छ ।

संघको बुधबारको बैठकबाट व्यक्तिगततर्फ एक वर्षको मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याजदर दिने निर्णय गरिएको हो । संस्थागततर्फका निक्षेपकर्ताले भने ७.९९ ब्याजदर पाउनेछन् ।

बैंकहरूले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ११ प्रतिशत ब्याजदर दिँदै आएका थिए । डेढ वर्षपछि बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदरलाई एकल अंकमा राखेका हुन् । संघले मुद्दती निक्षेपको ब्याजदर १.०१ प्रतिशत विन्दुले कम गर्ने निर्णय गरेको हो ।

व्यवसायीले उठाउँदै आएको ब्याजदरको मुद्दा बैंकहरूको दर घटाउने निर्णयले सम्बोधन हुने देखिएको छ । बैंकहरूले माघदेखि ब्याजदर घटाउने निर्णय गरेका थिए । जसको प्रभावस्वरूप वैशाखदेखि ऋणको बेसरेट घट्नेछ । वैशाखदेखि घटाएको निक्षेपको ब्याजदरले साउनदेखि कर्जाको ब्याजदर घट्न मद्दत गर्नेछ ।

बैंकहरूले बचत खातामा भने ५.४२ प्रतिशतदेखि ७.४२ प्रतिशतसम्म ब्याजदर दिनेछन् ।

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्