नेभिगेशन
अर्थ विविध

निक्षेपको ब्याजदर १ अंका झार्न माग

काठमाडौं–बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले राष्ट्र बैंकले निक्षेप ब्याज घटाउनु पर्ने माग राखेको छ ।

सीबीफीनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा निक्षेपको ब्याजदर घटाउन माग गरेको हो ।

सीबीफीनका अध्यक्ष पवन गोल्यानले निक्षेपको ब्याज एक अंकमा झार्न आवश्यक रहेको बताए ।

‘छिमेकी देशहरूमा ६, साढे ६ प्रतिशत डिपोजिटको ब्याजदर छ भने यहाँ ११ प्रतिशत हुनुपर्ने आवश्यकता छैन’, उनले भने ‘यसलाई घटाउनुपर्छ, सिंगल डिजिटमा आउनै पर्छ, ११ प्रतिशत दर कुनै पनि हालतमा सम्भव छैन् ।’

अर्थतन्त्रका सबै सूचकांक सकारात्मक भएपनि बजारमा तरलता प्रभाव नभइरहेको अवस्थालाई समाधान गर्न पनि निक्षेपको ब्याज एक अंकमा झार्न आवश्यक रहेको उनको भनाइ छ ।

यस विषयमा प्रधानमन्त्रीसँग छलफल भएको र दुई प्रतिशत एकै पटक घटाउनुपर्छ भन्ने आफूहरूको भनाइ रहेको उनले बताए । तर, दुई अंक नभए पनि बैशाख १ गतेबाट १० प्रतिशतबाट तल ९.९९ प्रतिशतमा झार्ने प्रतिवद्धता प्रधानमन्त्रीले दिएको उनले बताए ।

वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले बैंकिङ क्षेत्रहरुमाथि ऋण निकालेर नतिर्ने भनेर प्रहार गर्ने समूहका कारण देशको अर्थतन्त्रनै संकटमा पर्ने स्थिति रहेको बताए ।

सीबीफीनका सदस्य महेन्द्रकुमार गोयलले बैंकहरूमा बोर्डका अध्यक्षहरूको केही प्रतिशत सेयर हुने र बाँकी निक्षेपकर्ताहरुको पुँजी हुने भएका कारण बैंकिङ क्षेत्रमाथिको प्रहार आम नागरिकको पुँजीमाथिको प्रहार एवं आक्रमण हुने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध