नेभिगेशन
अर्थ विविध

सरकारले वातावरण बनाइदिए निजी क्षेत्रले  मुलुकमा सम्मुन्नति ल्याउन सक्छः अध्यक्ष गोल्छा

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले अवसर दिए निजी क्षेत्रले  मुलुकमा सम्मुन्नति ल्याउने बताएका छन् ।

महासंघको ५७ औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो धारणा राखेका हुन् । उनले उद्योगी तथा व्यवसायीहरुबीचको सहकार्य सर्वसाधारण र सरकारको समुन्नतिका लागि हुनुपर्ने बताए ।

पछिल्लो समय अर्थतन्त्रमा देखिएको निराशा लामो समय नरहने भन्दै उनले तत्कालका लागि व्यवसायमा कठिन भएपनि व्यवसायीहरुले नै मुलुकमा सम्मुन्नति कोर्ने उनको भनाइ छ । प्रतिकुलतालाई अनुकुलतामा वदल्ने गर्विलो इतिहास व्यवसायीहरुको रहेको भन्दै उनले अर्थतन्त्रमा देखिको निराशा कम हुँदै जाने बताएका हुन् ।

विभिन्न देशहरुमा भएको अर्थतन्त्रको उदाहरण दिँदै अध्यक्ष गोल्छाले नेपालले पनि अर्थतन्त्रको क्षेत्रमा सुधार गर्न सक्ने धारणा राखे । नेपाल जस्तै मुलुक बंगलादेशमा सन् २०१० यता निर्यात १८ अर्बबाट ४० अर्ब पु¥याउन र ३० वर्षअघि १ सय दिनको अवधिमा ८ लाख मानिस गुमाएको रुवाण्डाको २० वर्षयताको वार्षिक आर्थिक वृद्धिदर औसत ८ प्रतिशत गर्नसकेको र नेपालले पनि गर्नसक्ने उनको भनाइ छ ।

महासंघ सरकारबिरुद्ध आन्दोलित हुन संगठित नभएको भन्दै जनताको जीवनस्तर उठाउन काम गरिने उनले बताए । अब महासंघको नेतृत्व काविल हातको जिम्मा लगाउन लागेको भन्दै अध्यक्ष गोल्छाले महासंघको जिम्मेवारी वहन गर्ने हातहरुले सहजतापूर्वक काम गर्नका लागि सरकारले वातावरण सिर्जना गरिदिनुपर्ने पनि बताए ।

आफैँले सिर्जना गरेको अर्थतन्त्रको समस्या सुधार गर्नुपर्ने अवस्था आएको भन्दै अध्यक्ष गोल्छाले नेपालको आर्थिक गतिविधि डेढ वर्ष अघिको अवस्थामा ५० प्रतिशले घटेको तथ्यांक पेश गरे । वर्तमान समस्यालाई अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि बुझ्नुपर्ने र अवस्था परिवर्तनका लागि काम गर्न सुझाव दिदै उनले उद्योग धन्दा र निजी क्षेत्र समस्यामा परे सरकार र बैंक सबैलाई अपm्ठ्यारो पर्ने भएकोले सहजीकरणका लागि सम्बन्धित निकायलाई आग्रह समेत गरे ।

महासंघको यो महाधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्दैछ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ । सोही कारण अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल अर्काे कार्यकालको लागि स्वतः अध्यक्ष बन्दैछन् । र, आगामी कार्यकालको लागि व्यवसायीहरु अन्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठ चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

सुनसान बने ‘होमस्टे’