नेभिगेशन
अर्थ विविध

अर्थतन्त्रको वर्तमान समस्या समाधानका लागि वृहत राष्ट्रिय विमर्स गरौँः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान अर्अतन्त्रको संकट समाधानको लागि वृहत राष्ट्रिय विमर्स गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मंगलवार नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारण सभामा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारसँग यस्तो प्रश्ताव राखेका हुन् । उनले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्नुपर्ने बताए ।

सरकार, राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा वृहत राष्ट्रिय विमर्स गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनुपर्ने भन्दैवरिष्ठ उपाध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको भन्दै सबै सरोकारहरुले समयमा नै विचार गर्दा आर्थिक समस्या समाधान गर्न गाह्रो नहुने धारणा राखे । 

नेपालको जस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव रहेको बताउँदै ढकालले सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए । नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र व्याजदर घट्ने उपकरणहरु ल्याउनुपर्ने उनको सुझाव छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

सुनसान बने ‘होमस्टे’