ढुङ्गा प्रचारका लागि माङमालुङ महोत्सव 

मंगलबार, चैत २८, २०७९

मंगलबारे– इलामको माङसेबुङ गाउँपालिकास्थित माङमालुङमा बढेमानको ढुङ्गा रहेको छ । यसलाई औँलाले हल्लाउन सकिन्छ । सो ढुङ्गा तथा यस क्षेत्रका पर्यटकीयस्थल र कृषि क्षेत्रको प्रवद्र्धनका लागि यहाँ माङमालुङ कृषि तथा पर्यटन महोत्सव आयोजना गरिएको छ । 

ढुङ्गाको छुट्टै आकर्षण छ । यसलाई चक्रशिला भन्ने गरिएको छ । गोही आकारको ढुङ्गामाथि अडिएर रहेको सो ढुङ्गालाई औँलाले सजिलै हल्लाउन सकिन्छ । तर वरपर भने सार्न सकिँदैन । महोत्सव आयोजक समितिका सचिव कमल कार्कीका अनुसार आगामी वैशाख १ र २ गते महोत्सव हुँदै छ । महोत्सवमा स्थानीय कृषि उपज तथा सामग्री बिक्री–वितरण गरिनेछ ।

स्थानीयस्तरमा उत्पादन भएका वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्यायाउनका लागि महोत्सवबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ । एक लाख ५० हजारभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको साङ्गीतिक प्रस्तुति रहने समितिका अध्यक्ष किरणकुमार राईले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०८:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार