नेभिगेशन
समाज विविध

स्वास्थ्यमन्त्री पौडेल अस्पताल भर्ना

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्पताल भर्ना भएका छन्। ज्वरो आउने र कमजोर महसुस भएपछि पौडेललाई शनिबार साँझ वीर अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ।

वीरको भिभिआइपी कक्षमा उनको उपचार भैरहेको छ। अस्पतालका अनुसार परीक्षण गर्दा मन्त्री पौडेललाई गम्भीर समस्या भने देखिएको छैन।

थप ल्याव टेस्टपछि आज साँझसम्म डिस्चार्ज गर्ने तयारी छ। उपचारमा संलग्न चिकित्सकहरुले स्ट्रेस र भाइरल ज्वरोका कारण मन्त्री पौडेल विरामी भएको बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध