एकैदिन १२४ जनामा कोभिड, सक्रिय संक्रमितको संख्या ४४४ पुग्यो

सोमबार, चैत २७, २०७९

काठमाडौँ — पछिल्लो २४ घण्टामा १२४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । ९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरी कुल २ हजार ५६६ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् ।

पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण देखिएको हो ।

नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ । १ हजार हाराहारीमा हुँदै आएको कोभिड परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको देखिन्छ ।

कोभिड बढेसँगै अस्पतालमा पनि बिरामी भर्ना हुन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा २१ जना, आईसीयूमा १० जना र भेन्टिलेटरमा ४ जना रहेको देखिएको छ । मन्त्रालयले काेभिडबाट सुरक्षित रहन स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेकाे छ ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १८:४२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार