Nic Ad Nic Ad
Nic Ad Nic Ad

रविको आरोप– अडियो प्रकरणलाई चुनावी हतियार बनाएर ममाथि थप आक्रमण हुँदैछ

सोमबार, चैत २७, २०७९

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति (रास्वपा) सभापति रवि लामिछानेले अडियो प्रकरणलाई चुनावी हतियार बनाएर आफूमाथि थप आक्रमणका लागि भएभरको शक्ति लगाइएको बताएका छन् ।

उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानले रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने र पाल्ने पार्टी नभएको स्पष्ट पारेका छन् ।

‘अब यसलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भएभरको शक्ति लगाइँदै छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘ढुक्क हुनुस् रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी होइन । पैसाको लेनदेन हुनु त परको कुरा लेनदेनको कुरा मात्र गर्दा पनि हामी सहदैनौँ ।  कडाभन्दा कडा कारबाही गछौँ ।’

रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाइँसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । सो अडियोमा श्रेष्ठले सभापति लामिछानेको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि उनलाई दुई करोड बुझाउनुपर्ने बताएका छन् ।

अडियो सार्वजनिक भएलगत्तै लामिछानेले श्रेष्ठलाई सांसदबाट निलम्बन गरेका थिए । 

यस्तो छ लामिछानेको आरोप : 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्