कर्णालीबाट बाहिरियो एमाले, मन्त्रीहरुले बुझाए राजीनामा

आइतबार, चैत २६, २०७९

काठमाडौं- कर्णाली सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ ।

आइतबार मुख्यमन्त्रीलाई राजीनामा बुझाउदै एमालेका मन्त्रीहरूले  सरकार छाडेका हुन् ।

सामाजिक विकासमन्त्री टेकराज पछा,आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, र वन, वातावरण तथा पर्यटन मन्त्री जितबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राजीनामा बुझाएका हुन् ।

आइतबार एमालेका मन्त्रीहरूले राजीनामा बुझाएसँगै मुख्यमन्त्री राजकुमार शर्माले फेरी विश्वासकाे मत लिनुपर्ने भएकाे छ ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १७:५८
प्रतिक्रिया दिनुहोस्