उपनिर्वाचन पछि सबै प्रदेशमा नयाँ सरकार बन्छ : कांग्रेस नेता बालकृष्ण खाँण

आइतबार, चैत २६, २०७९

जनकपुरधाम –नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले उपनिर्वाचन पछि सबै ७ वटै प्रदेशहरूमा सरकार पुनर्गठन हुने दाबी गरेका छन् ।

जनपुरधाममा प्रेस युनियन धनुषा शाखाले आइतबार गरेको पत्रकार सम्मेलनमा पूर्वगृहमन्त्री समेत रहको खाँणले वैशाख १० को उपनिर्वाचन पछि प्रदेश सरकाररू पुनर्गठन हुने दाबी गरे ।

‘गठबन्धनमा आबद्ध दलहरूबीच प्रदेश सरकारहरूमा आलोपालो मुख्यमन्त्री लिने सैद्धान्ति सहमति भएको छ’, उनले भने । सबै प्रदेशमा आलोपालो गरेर गठबन्धनका दलहरूले विभिन्न चरणमा सरकारको नेतृत्व लिने सहमति भएको र यो कार्यान्वयन हुने उनले बताए ।

राष्ट्रपति कार्यालयमा अड्किएर रहेको नागरिकता विधेयक पनि अविलम्ब प्रमाणीकरण गराएर कार्यान्वयन गर्नुपर्ने बताए ।

साथै, विभिन्न आन्दोलनको क्रममा राजनीतिक दलका नेताकार्यकर्तामाथि लागेका मुद्दा फिर्ता प्रक्रियासमेत अघि बढाउनु पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १३:२६
प्रतिक्रिया दिनुहोस्