यसरी हुँदैछ बिस्काः जात्राको तयारी [तस्बिर कथा]

आइतबार, चैत २६, २०७९

बिस्काः अर्थात् बिस्केट जात्राको तयारी धमाधम भइरहेको छ । चैत्र मसान्तको चौथो दिन अघिदेखि सुरु हुने यो जात्रा बैशाख ५ गते सम्म हुनेछ ।

आठ दिन नौ रातसम्म मनाइने जात्राको मुख्य आकर्षण काठैकाठले बनेको भैरवनाथको रथ एकआपसमा तान्नु हो । जसका लागि धमाधम रथ निर्माण भइरहेको छ ।

लिच्छविकालदेखि मनाउन थालिएको यस जात्रामा भैरवनाथ तथा भद्रकालीलाई काठ तथा बेतबाट निर्माण गरिएको कलात्मक रथमा परिक्रमा गरिन्छ ।

तीनतले प्यागोडा शैलीको रथमा करिब १० फिट अग्ला ४ वटा पांग्रा हुन्छन् । रथको दुवैतिर ४÷४ वटा मोटा डोरीले बाँधेर एकआपसमा तानिन्छ । रथलाई तःमार्ही, गहिटी, खलाँ हुँदै जात्राको चौथो दिन अर्थात् वर्षको अन्तिम दिन योसिंख्योसम्म पु¥याइन्छ र भेलुखेल टोलमा ल्योसिं (लिंगो) ठड्याइन्छ ।

लिंगो ५५ हात अग्लो सल्लाको काठले बनेको हुन्छ । लिंगोका लागि तान्त्रिक विधिबाट अभिमन्त्रित भेडाको टाउकाले छोएको रूख नै काटेर ल्याउने प्रचलन छ । अष्टमात्रिकाको प्रतीक मानिने लिंगोमा नाग–नागिनीको प्रतीकस्वरूप २ वटा हरिया ध्वजा फहराइन्छ ।

यसमा वैदिक, तान्त्रिक मंगल चिह्न र अष्टमंगल चिह्न अंकित गरिन्छ । यो ध्वजालाई विश्वध्वजा, वीरध्वजा र वृषकेतु पनि भनिन्छ । लिंगो हेर्नाले सुख, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता छ । नयाँ वर्षका दिन उक्त लिंगोलाई ढालेर रथलाई गहिटीमा ल्याई ठूलो रथ (भैलख) र सानो रथ (नकिन्जु खचा) जुधाउने चलन छ । त्यसपछि टोल–टोलमा विभिन्न देवीदेवताको जात्रा मनाउादै वैशाख ५ मा पुनः रथ तानेर तःमार्ही पु¥याएपछि जात्रा सकिन्छ ।

16810184037721681020206.jpg

16810184037531681020195.jpg

16810184037361681020184.jpg

16810184037171681020168.jpg

16810184036981681020158.jpg

16810184036781681020149.jpg

16810184036581681020138.jpg

16810184036401681020128.jpg

16810184036021681020114.jpg

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  ११:४३
प्रतिक्रिया दिनुहोस्