Nic Ad Nic Ad
Nic Ad Nic Ad

नागरिक उन्मुक्ति पार्टीले पुसमा महाधिवेशन गर्ने

आइतबार, चैत २६, २०७९

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीले पहिलो महाधिवेशन आगामी पुस ६ देखि ८ गतेसम्म टीकापुरमा गर्ने तय गरेको छ । काठमाडौंमा सम्पन्न पार्टीको दुई दिने केन्द्रीय समितिको बैठकले पुसमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यस अघि २०८० वैशाख ४ देखि ६ सम्म महाधिवेशन गर्ने मिति तोकिएको थियो । पार्टीले आगामी मंसिर मसान्तसम्म पार्टी संरक्षक रेशम चौधरीलगायत टीकापुरका राजवन्दीको रिहाई हुने आकलन गर्दै महाधिवेशनको अर्को मिति तय गरेको हो ।

यसै गरी बैठकले १३६ सदस्यीय केन्द्रीय कार्य समितिलाई अनुमोदन गरेको छ । बैठकले पार्टीको विभिन्न विभागको नेतृत्वमा हेरफेर पनि गरेको जनाइएको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्