नेभिगेशन
समाज विविध

भारतको कुशीनगरबाट लुम्बिनीसम्म १७५ किमी यात्रा खाली खुट्टा यात्रा

रुपन्देही –भगवान गौतम बुद्धले निर्वाण प्राप्त गरेको भारतस्थित बुद्धस्थल कुशीनगरबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म बौद्ध भिक्षुहरू खाली खुट्टा पैदल यात्रा गरेका छन् ।

९१ जना थाई र लाओसका भिक्षुहरू १७५ किमी लामो यात्रा ७ दिनमा पूरा गरेर कुशीनगरबाट लुम्बिनी आइपुगेका हुन् ।

थाई भिक्षु चरणको नेतृत्वमा आएको टोली ठाउँ–ठाउँमा बास बस्दै धर्मदेशना गर्दै लुम्बिनी आएका हुन् ।

टोलीले विश्व शान्तिका लागि मायादेवी मन्दिरमा परित्राण पाठ र पूजाआजा गरेका छन् । एक महिनाका लागि आएका भिक्षुले भारतमा रहेको बुद्धस्थल राजगीरदेखि बौद्धगयासम्म पनि पैदल हिँडेर पुगेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध