उपेन्द्र यादवविरुद्ध बोल्ने–लेख्ने कार्यकर्तालाई कारबाही गर्ने कांग्रेसको चेतावनी [विज्ञप्तिसहित]

शुक्रबार, चैत २४, २०७९

काठमाडौं –नेपाली कांग्रेसले जनता समाजवादी पार्टीका अध्यक्ष तथा बारा–२ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादविरुद्ध बोल्ने र लेख्ने कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ ।

कांग्रेस जिल्ला कार्यसमिति बाराले शुक्रबार विज्ञप्ती जारी गरी गठबन्धनका साझा उम्मेदवार यादवविरुद्ध बोल्ने र लेख्ने पार्टीका कार्यकर्तालाई कारवाही गर्ने चेतावनी दिएको हो ।

कांग्रेस बाराका सचिवद्वय भैयराम यादव र राजेश रौनियारले जारी गरेको विज्ञप्तिमा यादवविरुद्ध सामाजिक सञ्जाल, फोन तथा सार्वजनिक अभिव्यक्ति जस्ता कुनै पनि अभिव्यक्ति दिनेलाई पार्टी विधानअनुसार कारबाही गरिने भनिएको छ ।

‘गठबन्धन दल तथा गठबन्धनका उम्मेदरवार यादवविरुद्ध सामाजिक सञ्जाल, फोन कल तथा सार्वजनिक अभिव्यक्ति जस्ता कुनै पनि गतिविधि गर्ने जोसुकैलाई पनि पार्टीको विधान र नियमावली बमोजिम कारवाहीका लागि प्रदेश कार्य समितिमार्फत केन्द्रीय अनुशासन समितिमा लेखि पठाइने छ’, विज्ञप्तीमा भनिएको छ ।

congress-bara-about-upendra-yadav_4yJhHL5WMc1680878211.jpg

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  २०:२०
प्रतिक्रिया दिनुहोस्