टीकापुर साहित्य महोत्सव भोलिदेखि हुँदै

शुक्रबार, चैत २४, २०७९

कैलाली –टीकापुरमा पहिलो पटक शनिबारदेखि ‘टीकापुर साहित्य महोत्सव’ हुँदैछ । टीकापुर साहित्य समाज महोत्सव आयोजना गरेको हो । 

३ दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीतिलगायत २० सत्रमा छलफल हुने टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी दिए । 

महोत्सवको उद्घाटन सत्रमा लेखक तथा विश्लेषक डा. सिके लालको ‘सामाजिक सद्भाव’ विषयमा प्रस्तुती रहनेछ । महोत्सवमा देशभरका चर्चित साहित्यकार, लेखक, पत्रकारलगायत सहभागी हुनेछन् । 

महोत्सवको उद्घाटन सत्रमा ३ विधामा पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । १ लाख राशिको ‘खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार, २०७८’ थोमस वर्गिज र मेरी वर्गिजलाई प्रदान गरिने छ । यो पुरस्कार टीकापुर योजनाबद्ध सहरका परिकल्पनाकार पूर्वमन्त्री स्व. खड्गबहादुर सिंहको सम्झानामा स्थापना गरिएको हो । वर्गिज दम्पतीले टीकापुरमा आवासीय विद्यालय (हाल वीरेन्द्र विद्या मन्दिर मावि) स्थापना गरी यहाँको शैक्षिक क्षेत्रमा योगदान दिएका थिए ।

यस्तै ५० हजार राशिको ‘टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार’ गायिका अनु चौधरीलाई प्रदान गरिने छ । सुदूरपश्चिमका प्रतिभालाई प्रदान गरिने यो पुरस्कार नेपाली, खस र थारु भाषामा गीत गाएर भाषा र कलाको उन्नयन तथा प्रवद्र्धन गरेकाले उनलाई प्रदान गर्न लागिएको हो । यस्तै २५ हजार राशिको ‘टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार’ टीकापुर उच्च माविबाट उत्कृष्ट नतिजा ल्याएका गणेश बाबा बोर्डिङ स्कुलका छात्र प्रवेश रावललाई दिइने भएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १६:२७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार
थप समाचार
टीकापुर साहित्य महोत्सव हुँदै
शुक्रबार, चैत २४, २०७९