स्वर्णिम वाग्लेप्रति कटाक्ष गर्दै शेखर कोइरालाले भने -अवसरवादीबाट सावधान रहनुुस्

शुक्रबार, चैत २४, २०७९

काठमाडौं –नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अवसरवादीबाट जोगिन आग्रह गरेका छन् ।

नेपाल सार्वजनिक सेवा कर्मचारी संघको शुक्रबार काठमाडौंमा सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ –२ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेप्रति कटाक्ष गर्दै अवसरवादीबाट पार्टी नेतृत्वलाई सावधान रहन सुझाव दिए ।

उनले भने, ‘अवसरवादीहरूबाट जोगिनुहोला, अवसरवादीहरूबाट सावधान हुनुहोस्, म त सावधान भइसकेँ । तपाईहरू पनि सावधान हुनुस् ।’

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १५:१४
प्रतिक्रिया दिनुहोस्