कोसी प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बिहीबार, चैत २३, २०७९

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)निकट विभिन्न जनवर्गीय सङ्गठनहरूले पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

किराती राष्ट्रिय मुक्ति मोर्चा नेपाल, लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा तथा  जातीय मुक्ति मोर्चाका पदाधिकारीसहितको प्रतिनिधिमण्डलले आज सो ज्ञापनपत्र बुझाएको हो । 

प्रदेशको नामकरण कोसी भएपछि उत्पन्न परिस्थितिलाई तत्काल वार्ताबाट समाधान गर्न र आन्दोलनका क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

ज्ञापनपत्रमा पहिचानका पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसमक्ष अनुरोध गरिएको छ ।

तत्कालीन प्रदेश १ को संसद्बाट प्रदेशको नाम कोसी राखेपछि एउटा पक्ष आन्दोलित छ । 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १४:००
प्रतिक्रिया दिनुहोस्