बारा–२ मा उपेन्द्र यादवकै जित : नेपाल

बिहीबार, चैत २३, २०७९

बारा –नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बारा २ मा गठबन्धनका उम्मेदवार उपेन्द्र यादवको जित सुनिश्चित रहेको दाबी गरेका छन् । बिहीबार बाराको कलैया पुगेर जसपाका अध्यक्षसमेत रहेका यादवलाई भेटेपछि अध्यक्ष नेपालले गठबन्धनको जित सुनिश्चित रहेको बताए । 

भेटमा उनीहरूबीच चुनावी सहकार्यका विषयमा पनि छलफल भएको छ । अध्यक्ष नेपालले गठबन्धनका दलहरूलाई एकमत भएर आफ्ना उम्मेदवारलाई विजयी बनाउन आग्रह पनि गरे । 

यस्तै अध्यक्ष नेपालले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवसँग पनि प्रदेशका गतिविधिबारे छलफल गरेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्