सनराइज बैंकले नेपाल प्रहरी विद्यालयलाई दियो करिब ७० लाखको छात्रवृति

बिहीबार, चैत २३, २०७९

काठमाडौं– सनराइज बैंकले नेपाल प्रहरी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ६९ लाख ८० हजार ६३४ रुपैयाँको छात्रवृति सहयोग गरेको छ । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल र नेपाली जनताको लागि तत्पर भएर लाग्ने नेपाल प्रहरीका विभिन्न ८ वटा विद्यालयमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त, अमर शहिद एवम् अशक्त प्रहरीका जेहेन्दार सन्ततिहरूलाई उत्प्रेरणा गर्ने उद्देश्यले १५ जना विद्यार्र्थीलाई कक्षा ४ देखि १२ सम्म अध्ययन गर्न सहयोग स्वरुप छात्रवृति प्रदान गरेको छ ।

छात्रवृत्ति प्रदान गर्ने सम्झौता हस्ताक्षर समारोहमा बैंकबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणा, नायब महाप्रबन्धक रविन कुमार नेपाल, नेपाल प्रहरीका महानिरिक्षक वसन्त बहादुर कुंवरको उपस्थिति थियो ।

सन्राइज बैंक–नेपाल प्रहरी शैक्षिक छात्रवृति सम्बन्धी समझदारी पत्र हस्ताक्षर र हस्तान्तरण समारोहमा सनराइज बैंकबाट नायब महाप्रबन्धक रविन कुमार नेपाल र नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक केदार ढकालले छात्रवृति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका  थिए ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्ष मात्र १५० भन्दा बढी कार्यक्रमहरू गरेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १२:५२
प्रतिक्रिया दिनुहोस्