मोरङमा एसईईका थप नक्कली परीक्षार्थी पक्राउ

बिहीबार, चैत २३, २०७९

विराटनगर– मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का तीनवटा परीक्षा केन्द्रबाट थप नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईका अनुसार बिहिबार शंका लागेर चेकजाँच गर्ने क्रममा करिब करिब २ सय जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

‘प्रहरीले करिब २ सय जना नक्कली परीक्षार्थी पक्राउ गरेका छन् । उनीहरूको विवरण संकलन हुँदैछ,त्यसपछि यकिन हुन्छ’, उनले भने ।

प्रवेश पत्रमा रहेको फोटो र परीक्षार्थीको अनुहारमा शंका लागेपछि जाँच गर्दा उनीहरू नक्कली परीक्षार्थी रहेको खुलेको हो । 

ग्रामथान गाउँपालिका –२ झोराहाटको श्री सरस्वति नमुना माध्यामिक विद्यालय परीक्षा केन्द्रमा २ विद्यालयबाट पनि एसईई दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । 

सार्वजनिक मावि केराबारीबाट १२७ र जनता मावि सुन्दर हरैचाबाट २० जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । यस्तै,सरस्वति माविबाट ५२ नक्कली परीक्षार्थी पक्राउ परेका थिए ।


 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ११:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार