आज संसद् बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

बिहीबार, चैत २३, २०७९

काठमाडौँ– संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइए संसद् सचिवालयले जनाएको छ ।

आजको संसद्का ३ वटा सम्भावित कार्यसूची छन् । पहिलो कार्यसूचीमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने बताइएको छ ।

यस्तै, दोस्रो नम्बरमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिका लागि सदस्यहरूको नाम मनोनयन गर्नेछन् ।

यसैगरी, तेस्रो नम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०७:३४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार