आजको मौसम :

कर्णाली, गण्डकी र कोसी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना 

बिहीबार, चैत २३, २०७९

काठमाडौँ– आज दिउँसो कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णालीका बांँकी पहाडी भागलगायत सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ ।

अन्य भू–भागमा पनि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । 

कर्णाली, गण्डकी र कोसी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  ०६:३२
प्रतिक्रिया दिनुहोस्