Nic Ad Nic Ad
Nic Ad Nic Ad

निर्वाचन आयोगले तोक्यो उपनिर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने सीमा

बुधबार, चैत २२, २०७९

काठमाडौँ– निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन प्रयोजनका लागि निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद तोक्ने निर्णय गरेको छ । आयोगको बुधबार बसेको बैठकले उपनिर्वाचन प्रयोजनको लागि मिति २०७९ असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ तथा बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ को लागि  २९ लाख  रुपैयाँ र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ को लागि ३१ लाख रुपैयाँ निर्धारण गरेको छ । 

आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) बमोजिम निर्वाचन खर्चको विवरण उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने समेत आयोगले निर्णय गरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्