बौद्धमा यसरी मनाइयो तेमाल जात्रा [तस्बिर कथा]

बुधबार, चैत २२, २०७९

बौद्ध क्षेत्रमा तेमाल जात्रा सुरु भएको छ । वर्षेनी चैत्र शुक्ल चतुर्दशीको दिनमा लाग्ने यो जात्रा प्राचीनकालमा तेमाल क्षेत्रका तामाङ् जातीय समुदायमा मनाउने गर्दथे र अहिले पनि तामाङ् समुदायले यस जात्रालाइ पर्वको रूपमा लिने गर्दछ ।

विशेष गरी मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक र काठमाडौंमा बसोबास गर्ने तामाङ् समुदायले मनाउने यस जात्रामा अहिले भने देशभरका व्यक्तिहरूले पर्वको रुपमा लिदै मनाउने गर्छन् । 

यस दिन तामाङ् समुदायले दिवंगत आफन्तको चिरशान्तिको लागि स्तुपाहरूमा गएर बत्ति बाल्ने गर्दछन् भने लामा गुरुहरूद्वारा विशेष पूजासमेत गर्छन् । यस्तै पूर्णिमाको दिन बालाजुको बाइसधारामा स्नान गरेर स्वयम्भुमा पुगेर पूजापाठ गरि यो जात्रा सम्पन्न हुन्छ ।

16806798114581680682462.jpg

16806798114231680682450.jpg

16806798113901680682439.jpg

16806798113371680682424.jpg

16806798113051680682412.jpg

16806798112891680682403.jpg

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १३:५७
प्रतिक्रिया दिनुहोस्