उद्योग वाणिज्य महासंघको निर्वाचनमा सयभन्दा बढी उम्मेदवार

बुधबार, चैत २२, २०७९

काठमाडौं –नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा उद्योगी, व्यवसायी ३ प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । २९ चैतमा हुने चुनावमा विभिन्न पदमा १ सय बढी उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

जिल्लानगर उपाध्यक्ष पदका लागि सुरकृष्ण वैद्य, अरूणराज सुमार्गी र दिनेश श्रेष्ठले उम्मेदवारी दिएका छन् । त्यसैगरी वस्तुगत उपाध्यक्षमा सकुन्तलाल हिराचन, मनीषलाल प्रधान र हेमराज ढकालले उम्मेदवारी दर्ता गरेका छन् । एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र भरतराज आचार्य उम्मेदवार छन् ।

वस्तुगत संघतर्फबाट १४ केन्द्रीय सदस्य पदमा २८ जनाले उम्मेदवारी दिएका छन्। उद्योग वाणिज्य संघतर्फ १८ पदमा ३२ जना र एसोसिएटतर्फ १९ पदमा ३० जनाले उम्मेदवारी दिएका छन् । द्वि–राष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट भने नेपाल–भारत उद्योग वाणिज्य संघको तर्फबाट सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् ।

जिल्लानगर सदस्यतर्फ लुम्बिनी प्रदेशमा जम्शेर मिया निर्विरोध निर्वाचित भएका छन्। महासंघको विधानअनुसार हरेक प्रदेशबाट १÷१ केन्द्रीय सदस्य रहने व्यवस्था छ । कोसी र कर्णाली प्रदेशमा ३÷३ उम्मेदवार छन् भने मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिममा प्रदेशबाट २÷२ जनाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ११:२५
प्रतिक्रिया दिनुहोस्