नेभिगेशन
अर्थ विविध

औद्योगिक वातावरण सुधार गर्न प्रतिबद्ध छौंः वाणिज्य मन्त्री रिजाल

काठमाडौँ– नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले औद्योगिक वातावरण सुधार गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार सिंहदरवार स्थित मन्त्रालयमा गएको महासंघको प्रतिनिधिमण्डलसँग मन्त्री रिजालले उद्योग व्यवसायको विकासवाट मात्र मुलुकको आर्थिक विकासमा टेवा पुग्ने भएकोले यसतर्फ सरकारले ध्यान दिने प्रतिवद्धता जनाएका हुन् ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यले मुलुकमा औद्योगिक वातावरण प्रभावकारी नवन्दा उद्योग, ब्यवसाय फस्टाउन नसकेको बताए । यसकालागि व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने नीति तथा पर्याप्त कच्चा पदार्थको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । 

भेटका क्रममा महासंघका तर्फवाट उपाध्यक्षद्धय विपिन रामुदामु र पवन कुमार सोमानी, महासचिव धर्मशुन्दर वज्राचार्यलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध