नेभिगेशन
अर्थ विविध

महासंघको वरिष्ठ उपाध्यक्ष पदमा अन्जन श्रेष्ठले गरे उम्मेदवारी दर्ता

एसोसिएट्सका उपाध्यक्ष भरतराज आचार्यको समर्थन

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि अन्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठ तथा उनको टिमले आज मनोनयन दर्ता गरेको हो ।

वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले नेपाल उद्योग बाणिज्य महासंघको कार्यालय टेकु पुगेर आफ्ना समूहका सबै उम्मेदवारहरुको सामुहिक उम्मेदवारी दर्ता गरेको हो ।

श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिषलाल प्रधानले उम्मेदवारी दर्ता गरेका छन् । एसोसिएट्सतर्फ अन्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै उपाध्यक्ष पदमा भरतराज आचार्यले स्वतन्त्र प्यानलबाट उम्मेदवारी दर्ता गरेका छन् ।  अन्जन समूहका प्रबलजंग पाण्डे लगायतका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तैगरी समूहको तर्फबाट वस्तुगत समूहका प्यानल सदस्यहरुले समेत आफ्नो मनोनयन दर्ता गरेका छन् ।

उम्मेदवारी दर्तापछि वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले महासंघलाई नयाँ उचाईमा पर्याउन र संस्थाको व्यवसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।

‘अर्थतन्त्रल थालिङ्ग भएको अवस्थामा व्यवसायीका समस्याहरु सुनिनु पर्दछ र यसको लागि महासंघलाई सबै तहका उद्योगी व्यवसायीहरुको पहुँचमा हुनेगरी काम गर्नु पर्दछ । अहिलेको युवा जोश र जाँगरका साथ संस्थालाई गति दिने नेतृत्वको खाँचो छ,’ श्रेष्ठले भने ।

आफ्नो टिमले सहभावना र सहकार्यको मुलआधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध