नेभिगेशन
अर्थ विविध

त्रिभुवन विमानस्थल क्षेत्रका ट्याक्सी व्यवसायी आन्दोलित

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रका ट्याक्सी व्यवसायी आन्दोलित भएका छन् । विमानस्थलको पार्किङ महसुल दर महँगो भएको भन्दै ट्याक्सी व्यवसायीहरू आन्दोलित भएका हुन् ।  

ट्याक्सी व्यवसायीहरूले विमानस्थल क्षेत्रमा यतिबेला आफ्नो पुरै सेवा ठप्प पारेका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट मिटर ट्याक्सी इकाई कमिटीको अगुवाईमा उक्त आन्दोलन जारी रहेको छ । सोमबार अपरान्ह ३ बजेदेखि ट्याक्सी व्यवसायीहरूले पार्किङमा आफ्नो ट्याक्सी थन्क्याएर शान्तिपूर्वकु आन्दोलनमा उत्रिएका हुन्। 

हाल त्रिभुवन विमानस्थल क्षेत्रमा ट्याक्सी (कार) पार्किङको लागि प्रति घण्टा ८० रुपैयाँ तिर्नुपर्छ। यसभन्दा अघि जम्मा २० रुपैयाँमा प्रतिघण्टा ट्याक्सी पार्किङ गर्न सकिन्थ्यो। तर पछिल्लो समय आइएमएसले पार्किङको जग्गा भाडामा लिएपछि हरेक साधनको पार्किङ शुल्क बढाउन थालेको संगठनको भनाइ छ। 

संगठनको माग पार्किङ शुल्क घटाई सहज गरिनुपर्ने रहेको बागमती प्रदेश कमिटीका अध्यक्ष शंकर थापाले बताए। यस बाहेक कम्पनीले प्रतिक्षामा बसेका आफन्तहरूबाट पनि शुल्क उठाउने गरेको उनले बताए। यो कार्यप्रति पनि व्यवासयीहरूले आवाज उठाउन चाहेको हो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध