नेभिगेशन
अटोमोबाइल्स

वरिष्ठ उपाध्यक्षमा श्रेष्ठलाई समर्थन गर्ने उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको निर्णय

पोखरा–नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी अन्जन श्रेष्ठलाई जिताउनका लागि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले सर्वसम्मतरुपमा समर्थन गर्ने निर्णय गरेको छ ।

पोखरामा बसेको प्रदेश समितिको बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठसहित प्रदेशबाट कार्यसमितिमा उम्मेदवारी दिने सबैलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने सर्वसम्मत निर्णय गरिएको हो ।

संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार श्रेष्ठलाई प्रदेशबाट सर्वसम्मतरूपमा जिताउने निर्णय भएको हो । प्रदेश महासंघका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतमा बसेको पहिलो बैठकबाट यस्तो निर्णय गरिएको हो । 

सर्वसम्मत उम्मेदवार घोषणा भएसँगै वरिष्ठ उपाध्यक्षका प्रत्यासी श्रेष्ठले उद्योगीहरूको समस्या र चुनौतीलाई समाधान गर्न आफू लागिपर्ने बताए । 

चैत २८ र २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५७ औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स