Nic Ad Nic Ad
Nic Ad Nic Ad

नाउपाले उपनिर्वाचनमा ३ वटै क्षेत्रबाट उम्मेदवारी दिदै

सोमबार, चैत २०, २०७९

काठमाडौं –नागरिक उन्मुक्ति पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवारी दिने भएको छ । सत्तारुढ १० दलीय गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन लागेको हो । 

पार्टीले बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी र तनहुँ– १ बाट भीम सुनारलाई उम्मेदवार बनाएको छ । सोमबार सबन्धित निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन गरिनेछ । 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १२:१३
प्रतिक्रिया दिनुहोस्