६ सय रुपैयाँले घट्यो सुनको भाउ

सोमबार, चैत २०, २०७९

काठमाडौं –नेपाली बजारमा सोमबार सुनको मूल्य तोलाको ६ सय रुपैयाँले घटेको छ । 

मूल्य घटेपछि सुनको प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको हो । आइतबार प्रति तोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेको हो ।
 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  ११:५२
प्रतिक्रिया दिनुहोस्