Nic Ad Nic Ad
Nic Ad Nic Ad

चितवन –२ मा रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

सोमबार, चैत २०, २०७९

काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा मनोनयन दर्ता गराएका छन् । १० वैशाखमा हुने उपनिर्वाचनका लागि सभापति लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । 

उनको प्रस्तावकमा सीता ज्ञवाली र समर्थकमा बिक्रम श्रेष्ठ छन् । 

लामिछाने मंसिर ४ गतेको निर्वाचनमा फराकिलो मतान्तरले विजयी भएका थिए । लामिछाने विरुद्ध कांग्रेसले जितनारायण श्रेष्ठ, एमालेले रामप्रसाद न्यौपाने र  राप्रपाले जीवलाल पुरीलाई उम्मेदवार बनाएको छ । 

निर्वाचन आयोगले सबै दललाई फरक फरक समय तोकिदिएको छ । लामिछानेले दिउँसो १ बजे उम्मेदवारी दर्ताका लागि समय लिए पनि तनहुँ जाने कार्यक्रम भएकाले बिहानै उम्मेदवारी दर्ता गराएका हुन् । चितवन–२ मा आफ्नो उम्मेदवारी दर्ता गरेर लामिछाने डा. स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता गर्न तनहुँ प्रस्थान गरेका छन् ।

कांग्रेसलाई दिउँसो २ बजे, एमालेलाई ३ बजे र राप्रपालाई अपराह्न ४ बजे उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्