एनसेल बाह्रखरी कर्पाेरेट गल्फको च्याम्पियनले सुनको बल पाउने

सोमबार, चैत २०, २०७९

काठमाडौँ– वैशाख ९ गते आयोजना हुने एनसेल बाह्रखरी कर्पोरेट गल्फको च्याम्पियनले सुनको बल प्राप्त गर्ने भएको छ । 

बाह्रखरी मिडियाले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता वैशाख ९ गते हुने प्रतियोगिताको विजेताले सुनको गल्फ बल प्राप्त गर्ने जानकारी दिएको हो । गोकर्णस्थित गोकर्ण गल्फ क्लवको कोर्समा आयोजना हुने प्रतियोगितामा १ सय १० खेलाडीले सहभागिता जनाउने आयोजकले जानकारी दियो । 

गोकर्ण गल्फ क्लवका प्रबन्धक दीपक आचार्यले प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा खेलाइने जानकारी दिए । यस्तै होल इन वन गर्ने खेलाडीले हुन्डाईको भेन्यु गाडी पाउनेछन् । यस्तै प्रतियोगितामा सहभागी हुनेमध्येका बेष्ट ग्रस, लंगेष्ट डाइभ, क्लोजेस्ट टु द पिन तथा मोस्ट बर्डिजले समेत पुरस्कार पाउनेछन् ।

कार्यक्रममा बोल्दै बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतिक प्रधानले छैटौं वर्षको प्रतियोगिता आयोजना गर्न लागिएको र सामाजिक दायित्व पूरा गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १०:३७
प्रतिक्रिया दिनुहोस्