ललितपुरमा इँटा बनाउने चटारो [तस्बिरहरू]

आइतबार, चैत १९, २०७९

काठमाडौँ– ललितपुरका इँटाभट्टाहरूमा यतिबेला नया इँटा बनिरहेका छन् । हिउँद महिना सुरु भएसँगै इँटा बन्ने सिजन पनि सुरु हुन्छ । बर्खायाममा इँटाको काम गर्न असहज हुने भएकोले प्रायः सम्पूर्ण इँटा व्यवसायीले हिउँदमै इँटा पोल्न सुरु गर्छन् । 

बर्खामा इँटा पानीले भिजेर पग्लिने हुँदा बनाउन नसक्ने अवस्था हुने व्यवसायीहरू बताउँछन् ।

उपत्यकामा घर निर्माणका काम बर्खामै बढी हुने गरेको छ । यसर्थ, अहिले नै अड्कलेर सबै ग्राहकलाई पुग्ने गरी इँटा उत्पादन गरेर राख्नुपर्ने उनीहरूको भनाइ छ ।

बुङमतीमा अहिले इँटाभट्टामा काम गर्ने कामदार निकै व्यस्त देखिएका छन् । उपत्यका बाहिरबाट जति नै निर्यात भए पनि गुणस्तरको आधारमा यहाँकै इँटा उपयुक्त रहेको ग्राहकको भनाइ रहेको व्यवसायीहरूको दाबी छ । 

बुङमतीका प्रायः आधा भागमा इँटाभट्टा रहेको छ भने हरेक भट्टामा अहिले इँटा बन्ने कार्य भरहेको छ ।

हेरौँ तस्बिरमा :

 

inta (1)1680422119.jpg

inta (3)1680422119.jpg

inta (10)1680422118.jpg

inta (4)1680422117.jpg

inta (13)1680422118.jpg

inta (12)1680422118.jpg

inta (11)1680422118.jpg

inta (5)1680422117.jpg

inta (6)1680422117.jpg

inta (7)1680422117.jpg

inta (8)1680422117.jpg

inta (9)1680422117.jpg

inta (14)1680422119.jpg

 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १३:४१
प्रतिक्रिया दिनुहोस्