नेभिगेशन
समाचार

प्रतिनिधिसभा सदस्य अन्सारीले लिइन् शपथ

काठमाडौं– जनता समाजवादी पार्टीमा रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा मञ्जु शर्मा अन्सारीले शपथ लिएकी छिन् ।

सभामुख देवराज घिमिरेले आइतबार सिंहदरबारमा अन्सारीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । समानुपातिक निर्वाचन प्रणालीबाट जसपाले समावेसी समूह, मुस्लिम–महिलामा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त पदमा जसपाले अन्सारीको नाम सिफारिस गरेको थियो ।

निर्वाचन आयोगले चैत ६ गते अन्सारीलाई प्रतिनिधि सभा सदस्य निर्वाचित गरेको घोषणा गरेको थियो । 

२०२० सालमा नेपालगन्ज– १३ मा बुवा नवीनन्द्र शर्मा र आमा शान्ता शर्माको कोखबाट जन्मिनुएकी अन्सारी तीन दशकदेखि सक्रिय राजनीतिमा छिन् । 

शपथपछि अन्सारीले प्रतिनिधिसभा सदस्यका रुपमा आफूले राज्यप्रति इमान्दारितापूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार