कांग्रेसको कार्यसम्पादक बैठकअघि नेविसंघको नाराबाजी

आइतबार, चैत १९, २०७९

काठमाडौँ– माउ पार्टी नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्नैलाग्दा भ्रातृ संगठन नेपाल विद्यार्थीका संघका असन्तुष्ट पक्षले पार्टी केन्द्रीय कार्यालय सानेपाअगाडि नारबाजी गरेका छन् ।

नेविसंघका सभापति दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गर्दै जारी अनसनको समर्थनमा नाराबाजी भएको हो ।

पार्टी कार्यालय परिसरमा नाराबाजी गर्दै नेताहरूलाई पार्टी कार्यालय प्रवेशमा अवरोध गरेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सभापति शेर्पाविरुद्ध पहिलो दिन निश्चल महर्जन र अंशुल केसी अनशनमा बसेका थिए । आज दोस्रो दिन अमन भुसाल (रुपन्देही) र राजेन्द्र चटौत (कैलाली) अनशनमा बसेका छन् । 

सत्तारुढ घटक कांग्रेसले कार्यसम्पादनको बैठक १० बजेपछिदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

डा शेखर कोइराला समूह असन्तुष्ट भएपछि आफूले पाएका ८ मध्ये ४ मन्त्रालयमा मन्त्री छान्न बाँकी छ । आज सो विषय तथा उपनिर्वाचनबारे छलफल हुने बताइएको छ । 


 

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  १०:२२
प्रतिक्रिया दिनुहोस्