देवदहमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा

शनिबार, चैत १८, २०७९

देवदह–देवदह नगरपालिकामा कृषिउपज सङ्कलन तथा सेवा केन्द्र सञ्चालनमा आएको छ । 

केन्द्र देवदहस्थित निर्माण बहुउद्देशीय सहकारी संस्थाले निर्माण गरेर सञ्चालनमा ल्याएको हो । 

देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले नगरपालिकाले कृषि उत्पादन र बजारीकरणमा ध्यान दिइरहेको बताए ।

लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक रामप्रसाद पाण्डेले कृषिको विकासबिना देशको विकास सम्भव नहुने बताए । उनले देशमा बहुसङ्ख्यक नागरिक कृषिमा आबद्ध रहे पनि उनीहरूले पर्याप्त आम्दानी गर्न नसकेको उल्लेख गर्दै कृषिकर्म गरेर कमाउनसक्ने तहमा यहाँका कृषकलाई उठाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्