दोलखा र लमजुङ केन्द्रबिन्दु भएर गए दुईवटा भूकम्प 

शनिबार, चैत १८, २०७९

काठमाडौँ– दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको केही समयमा नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर ३९ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि आजै बिहान ११ बजेर २७ मिनेट जाँदा दोलखाको सुरी केन्द्रबिन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो ।

पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ । 
 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १२:५५
प्रतिक्रिया दिनुहोस्