मिटरब्याज पीडितहरू जब प्रधानमन्त्रीकै अगाडि भक्कानिए [तस्बिर कथा]

शनिबार, चैत १८, २०७९

मिटरब्याज पीडितहरूले शनिबार प्रधानमन्त्री निवास वालुवाटारमा  भक्कानिएर आफ्नो दुखेसो पोखेका छन् । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा पीडितहरूले आफ्नो समस्या राख्दा भक्कानिएका हुन् । 

प्रधानमन्त्रीलाई समस्या सुनाउँदा पीडितहरूले आँसु पुछिरहेका थिए । सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायत जिल्लाका पीडितहरू प्रधानमन्त्रीलाई भेटेर न्यायको याचना गरे ।

सरकारी वार्ता टोलीसँग पटक–पटक गरिएको सहमति कार्यान्वयन नभएको उनीहरूको गुनासो थियो । भेटमा उनीहरूले प्रधानमन्त्रीसमक्ष ६ बुँदे माग पनि राखे ।

तराईबाट ११ दिन हिँडेर केही दिनअघि काठमाडौँ आएका मिटरब्याज पीडितहरू न्याय नपाएसम्म नफर्किने बताइ रहेका छन् । उनीहरूसँग गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीले ३ चरणको छलफल गरिसकेको छ ।

21680328581.jpg

 

31680328596.jpg

41680328613.jpg

51680328635.jpg

61680328655.jpg

71680328670.jpg

 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  ११:४०
प्रतिक्रिया दिनुहोस्