जनमत सरकारबाट बाहिरियो

सिके राउत भन्छन्–कुर्सीमा टाँसिरहने पार्टी होइन
शुक्रबार, चैत १७, २०७९

काठमाडौं - पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले राजीनामा दिएपछि पार्टी सरकारबाट बाहिरिएको छ । खान खानेपानी तथा सरसफाइ मन्त्री थिए ।

उनले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका  हुन् ।  प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न लागेकै बेला जनमत पार्टीबाट सरकारमा गएका खानले राजीनामा दिएका हुन् ।   

सिके राउत नेतृत्वको जनमत पार्टीले सुरुदेखि नै उद्योग मन्त्रालयमा दाबी गर्दै आएको थियो । खानेपानी मन्त्री नियुक्त भएपछि पनि झन्डै एक महिना खान कार्यभार सम्हाल्नै गएका थिएनन् । 

अहिले मन्त्रिपरिषद विस्तार हुँदा उद्योग मन्त्रालय पाउने भनिए पनि नदिएपछि उनले राजीनामा दिएका हुन् । 

यसैबीच पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टी सत्ताकै लागि कुर्सीमा टाँसिराख्ने पार्टी नभएको बताएका छन् । 

उनको राजीनामापछि फेसबुकबाट राउतले जनमत पार्टी कुनै मन्त्री पदको भोको नभएको जिकिर गरेका छन् ।

उनले भनेका छन्, ‘जनमत पार्टी जनताको सेवा गर्नका लागि सरकारमा गएको हो । यदि त्यो गर्न सकिएन र हामीले निर्वाचनको क्रममा जनतासँग शिक्षा, स्वास्थ्य, रोजगारी, किसान आन्दोलनको मुद्दा सम्बोधन, नागरिकता समस्या समाधान, आन्दोलनकारीको मुद्दा फिर्ता र राजबन्दीको रिहाइसहितका कुरा सकारात्मक दिशामा अगाडि बढाउन सकिएन भन्ने सत्ताकै लागि कुर्सीमा टाँसिराख्ने पार्टी जनमत पार्टी होइन ।’

ck raut1680260913.JPG

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १६:५२
प्रतिक्रिया दिनुहोस्